अक्सफोर्डले निर्माण गरेको कोरोना खोप भारतमा मानव परीक्षण गरिँदै – Janadesh Daily | ePaper

अक्सफोर्डले निर्माण गरेको कोरोना खोप भारतमा मानव परीक्षण गरिँदै


नयाँदिल्ली (एजेन्सी) । 

भारतमा मंगलबारदेखि अक्सफोर्ड युनिभर्सिटी र बेलायती–स्विडिस कम्पनी एस्ट्रजेनिकाद्वारा विकसित कोरोना भाइरस खोप कोविसिल्डको तेश्रो चरणको क्लिनिकल परीक्षण शुरु हुने छ ।

अक्सफोर्ड युनिभसिटीले भारतमा आफ्नो कोरोना खोपको उत्पादनका लागि पुणेको सिरम इन्स्टिच्युट अफ इन्डियालाई साझेदार बनाएको छ । कोविसिल्डको सुरक्षा र प्रतिरोधक क्षमता जाँच्न पुणे स्थित भारती विद्यापिठ चिकित्सा महाविद्यालय तथा अस्पतालमा स्वस्थ वयस्क भारयितमाथि नियन्त्रत अध्ययन गरिनेछ ।

सिरम इन्स्टिचयुट अफ इन्डियाका अतिरिक्त निर्देशक प्रकाश कुमार सिंहले उक्त अनुबन्धका लागि केन्दिैय औषधी मानक तथा नियन्त्रण संगठनबाट सबै स्विकृति प्राप्त भइसकेको जानकारी दिएको छ । हामी अगस्ट २५ देखि भारती विद्यापिठ चिकित्सा महाविद्यालय तथा अस्पतालमा मानव क्लिनिकल परीक्षण शुरु गर्न गइरहेका छौं ।

केही समाचारमा सिरम इन्स्टिच्युट अफ इन्डियाको खोप कोविसिल्ड ७३ दिन भित्र बजारमा उपलब्ध हुने छ । तर कम्पनीले यसलाई अनुमान मात्र भएको जनाएको छ । खोप बजारमा त्यतिबेला मात्र आउनेछ जब परीक्षण सफल हुने छ र नियमनका लागि स्विकृति प्राप्त हुने छ ।

नेचर जर्नलमा प्रकासित अध्ययन अनुसार बाँदरमा यो खोप पुर्ण प्रभावकारी प्रमाणित भएको छ । तिनीहरुा काविड १९ विरुद्ध प्रतिरोधात्मक क्षमता विकसित भएको छ । मानवमा पहिलो र दोस्रो चरणको परीक्षण भइसकेको छ । भारत, ब्राजिल सहित विश्वको कयौं देशमा तस्रो चरणको परीक्षण जारी छ ।

१७ केन्द्रहरुमा १ हजार ६ सय ब्यक्तीमा यो परीक्षण अगस्ट २२ देखि शुरु भएको छ । प्रत्यक केन्द्रमा १ सय स्वयंसेवक छन् । नोभेम्बर सम्ममा परीक्षण पुरा हुने अपेक्षा गरिएको छ । नतिजा राम्रो निस्केमा नियामक स्विकृतिपछि ठुलो परिमाणमा खोप उत्पादन कार्य शुरु हुन अर्को बर्षको सुरुवाटको समयसम्म लाग्न सक्ने बताइएको छ ।

विश्वभरीका देशले अक्सफोर्डको खोप किन्नमा उत्सुकता देखाइरहेको छ । बेलायतले १० करोड डोजका लागि अनुबन्ध गरेको छ । ब्राजिल सरकारले १२ करोड ७० लाख डलरमा ३ करोड डोज किन्ने सम्झौता गरेको छ । युरोपियन युनियनका कयौं देश पनि अझै खरिद सम्झौताको प्रक्रियामा छन् ।

अक्सफोर्डले बेलायतमा यो खोप कम पैसामा उपलब्ध हुने बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्