तीन जिल्लाका सिडिओबीच उपत्यकामा गरिएको निषेधाज्ञाबारे छलफल हुँदै – Janadesh Daily | ePaper

तीन जिल्लाका सिडिओबीच उपत्यकामा गरिएको निषेधाज्ञाबारे छलफल हुँदै


 जनादेश, काठमाडौं ।

उपत्यकामा लागु गरिएको निषेधाज्ञाबारे आज तीन जिल्लाका प्रमुख अधिकारीबीच छलफल हुने भएको छ ।

दिउँसो ३ बजेदेखि बस्न लागेको सो बैठकमा हालसम्मको निषेधाज्ञाको समीक्षा गर्नुका साथसाथै पुनः थप्ने वा नथप्ने भन्नेबारे निर्णय हुने छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक बस्ने तयारीमा रहेको जनाइएको छ । कोरोना संक्रमितको संख्या बढसँगै उपत्यका लगाएत देशका धेरै जसो ठाउँमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञामा औषधि, खाद्यवस्तु र अत्यावश्यक बाहेकका अन्य काममा रोक लाग्एको छ । स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उपस्थित हुनेछन् ।

संक्रामक रोग ऐन–(२) को दफा २ र स्थानीय प्रशासन ऐन–(२) को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्