विप्लव समूहका केन्द्रिय सदस्य चन्द्रबहादुर चन्द पुनः पक्राउ – Janadesh Daily | ePaper

विप्लव समूहका केन्द्रिय सदस्य चन्द्रबहादुर चन्द पुनः पक्राउ


भोजपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका केन्द्रिय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिकमा रिहा भएलगतै पुनः पक्राउ पर्नुभएको छ ।

हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ पर्नुभएका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरेको भएपनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो ।

सर्वोच्च अदातलमा गैर कानुनी रुपमा कारगार चलान भएको भनि बन्दिप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरु दीपक कार्की र प्रकाशमान सिं राउतको आदेशमा बिना धरौती आज रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

भोजपुरबाट रिहा हुने बितिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा साङ्गठानिक अपराधसम्बन्धि नै मुद्दा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

चन्दलाई साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रण लिएर भोजपुर ल्याइएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्