कोरोनाबाट धुलिखेल अस्पतालमा ५५ बर्षिय एक व्यक्तिको मृत्यु – Janadesh Daily | ePaper

कोरोनाबाट धुलिखेल अस्पतालमा ५५ बर्षिय एक व्यक्तिको मृत्यु


जनादेश, काभ्रे । 

धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भक्तपुर सुर्यविनायक ८ घर भई धुलिखेल अस्पतालमा उपचाररत ५५ बर्षिय एक व्यक्तिको मंगलबार राति ११.५५ बजेको समयमा निधन भएको अस्पतालले जनाएको छ । मृतक मुुटु र थाईराईड रोगबाट समेत पीडित थिए । उनको अन्त्येष्टि नेपाली सेनाले पशुपतिमा रहेको विद्युत्तिय शवदाह गृहमा गर्ने तयारी गरिरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएसँगै तीन दिन अघि अस्पतालमा भर्ना उनको परीक्षणमा कोरोना पोजिीटिभ देखिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्