दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी – Janadesh Daily | ePaper

दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी


अबुधावी ।

दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ ।

युएई सैनिकको उप सर्वोच्च कमाण्डर समेत रहनु भएका नह्यानसँग अमेरिकी विदेश मन्त्रीले दुई देशको आपसी सम्वन्ध र सहकार्यका बारेमा कुराकानी गर्नुभएको हो ।

टेलिफोनमा भएको कुराकानीका क्रममा उहाँहरुका बीचमा साझा चासो र सरोकारका विषयमा छलफल भएको जनाइएको छ ।

साथै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा पनि उहाँहरुका बीचमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी दुबई र इजरायलका बीचमा सम्बन्ध सुधार्ने प्रयासका रुपमा पनि यो कुराकानीलाई उपयोग गरिएको थियो ।

त्यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न योगदान गर्ने र आधार तयार पार्ने विषयमा पनि उहाँहरुले कुराकानी गर्नुभएको जनाएको छ ।

दुई नेताले गल्फ कोअप्रेसन काउन्सिल र मध्यपूर्व क्षेत्रमा कोरोनाले पारेको असरका बारेमा पनि समीक्षा र चर्चा गर्नु भएको थियो ।

उहाँहरुले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि आआफ्नो तर्फबाट प्रयास जारी राख्ने अठोट पनि व्यक्त गर्नुभएको छ । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्