मुख्यमन्त्री राउतद्वारा राहतको घोषणा – Janadesh Daily | ePaper

मुख्यमन्त्री राउतद्वारा राहतको घोषणा


जनकपुर ।

मुख्यमन्त्री लालबावु राउतले रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदीमा आइतबार डुबेर मृत्यु भएका तीन बालबालिकाका परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको समवेदना पत्रमा मुख्यमन्त्री राउतले मृत्तात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

गढीमाई–७ बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिङ्की, लक्ष्मण दासकी १५ वर्षीया छोरी सुस्चिता र छठु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारीको सो नदीमा डुबेर मृत्यु भएको थियो । ऋषि पञ्चमीको अवसरमा आइतबार नुहाउन जाँदा तीनै बालिका वेपत्ता भएका थिए ।

सोही दिन धर्मपुर चौकीबाट खटिएको प्रहरी र स्थानीयले खोजतलास गर्दा अपराह्नको समयमा पिङ्कीको शव फेला परेको थियो भने मङ्गलवार माधवनारायण नगरपालिका–८ स्थित बागमती खोलाको किनारमा सुस्चिताको र राजदेवी नगरपालिका–९ स्थित ब्रह्मपुरीस्थित बागमती नदीको किनारमा चञ्चलको शव फेलापरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्