गिठेपानीमा अस्थायी प्रहरी पोष्ट स्थापना – Janadesh Daily | ePaper

गिठेपानीमा अस्थायी प्रहरी पोष्ट स्थापना


जनादेश, घोराही ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ गिठेपानीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

वडा प्रहरी कार्यालय घोराहीको मातहतमा रहने गरी गिठेपानीमा प्रहरी पोष्टको आज स्थापना गरिएको हो । त्यहाँ बस्ने प्रहरीले गिठेपानी र फुर्सेखाली क्षेत्रमा रहेका ११ वटा टोलमा सुरक्षा प्रदान गर्ने छन् ।

११ वटा टोल विकास संस्थाका अध्यक्ष मात्रिका पाण्डेको अध्यक्षता एवं वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यता तथा सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसी र वडा प्रहरी प्रमुख, प्रहरी निरीक्षक दिनेश रिमालको उपस्थितीमा प्रहरी पोष्ट स्थापना गरिएको हो ।

त्यस भेगमा स्थानियहरुको माग अनुसार नै ७ औँ प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी निरीक्षक रिमालले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्