जापानमा तापक्रम बढेर तातो हावा चल्दा २५ को मृत्यु १२ हजारभन्दा बढी विरामी – Janadesh Daily | ePaper

जापानमा तापक्रम बढेर तातो हावा चल्दा २५ को मृत्यु १२ हजारभन्दा बढी विरामी


टोकियो,

जापानमा केही दिनयता देखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको । त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेका छन् ।

जापानको विपद् व्यवस्थापन केन्द्रले सो कुराको जानकारी दिएको हो । उक्त केन्द्रका अनुसार यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बिरामी परेका छन् ।यस तातो हावाबाट यहाँका कम्तीमा पनि ४५ प्रतिशत जति नागरिक घरैमा र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै विरामी परेका बताइएको छ ।

यहाँका पाको उमेरका नागरिकहरु कम्तीमा पनि चार हजार जना जतिलाई बढ्दो तापक्रम र यसका कारण आएको तातो हावाले नराम्ररी प्रभावित पारेको र विरामी बनाएको छ ।उक्त विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३८७ जना नागरिक अहिले पनि निकै गम्भीर अवस्थाको स्वास्थ्यका साथ रहेका बताइएको ।

प्राप्त समाचारमा जनाइएअनुसार हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ । यो तापक्रम जापानका लागि निकै बढी हो ।गत वर्षमात्र पनि यस्तै समस्याले यहाँ १२६ जना नागरिकको ज्यान गएको थियो ।

त्यस तातो हावाबाट गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी विरामी परी अस्पताल नै भर्ना भएका थिए । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्