६५ करोडमा अमेजनले किन्यो ‘कुली नम्बर १’ – Janadesh Daily | ePaper

६५ करोडमा अमेजनले किन्यो ‘कुली नम्बर १’


एजेन्सी ।

मुम्बई,

वरुण धवन स्टारर फिल्म ‘कुली नम्बर १’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । अमेजन प्राइममा फिल्म रिलिज हुन लागेको हो । सेप्टेम्बरको पहिलो हप्ता फिल्मको रिलिज डेट घोषणा हुने बताइएको छ । अहिले ‘मिर्जापुर २’ को प्रमोशन चलिरहेका कारण अमेजनले ‘कुली नम्बर १’ को रिलिज डेट घोषणा गर्न नसकेको हो । फिल्मको ओटीटी राइट्स महंगा मुल्यमा विक्री भएको छ ।

‘शकुन्तला देवी’ ५० करोडमा किनेको अमेजनले वरुणको फिल्मलाई ६५ करोड तिरेको छ । योसँगै ‘कुली नम्बर १’ अमेजनमा यो वर्ष सबैभन्दा महंगोमा विक्री हुने पहिलो फिल्म बनेको छ । आयुष्मान खुराना र अमिताभ बच्चनको ‘गुलाबो सिताबो’ लाई ४० करोड तिरेको यो प्लेटफर्मले कोरोना महामारीपछि बलिउडका ठूला फिल्मको डिजिटल राइट्स खरिद गर्दै आएको छ ।

निर्माता वाशु भगनानीले ‘कुली नम्बर १’ लाई अन्तिम समयसम्म पनि सिनेमा हलमा रिलिज गर्न चाहेका थिए । उनी सिनेमा हलका सञ्चालकहरुसँग निरन्तर सम्पर्कमा थिए । तर, उनले राखेका विभिन्न सर्तमा हल सञ्चालक सहमत नभएपछि फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो । डेविड धवनले निर्देशन गरेको फिल्ममा वरुणको जोडी सारा अली खानसँग बाँधिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्