तुलसीपुर इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी सिल – Janadesh Daily | ePaper

तुलसीपुर इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी सिल


जनादेश, दाङ ।

समुदाय स्तमामा कोरोना संक्रमण देखिएपछि तुलसीपुरमा ईलाका प्रशासन कार्यालय तुलसीपुर र स्वास्थ्य चौकी सिल गरिएको छ ।

तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले सात दिनसम्म कार्यालय सिल गरिएको नगर प्रमुख घनश्याम पाण्डेयले जानकारी दिएकाछन् ।

यस्तै तुलसीपुर उपमहानगरपालिका ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि कार्यालय सिल गरिएको प्रमुख पाण्डेयले जानकारी गराए ।

समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि तुलसीपुर उपमहानगरपालिकाको आपत्कालीन बैठकले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

नगरप्रमुख पाण्डेले समुदायमा कोरोना परीक्षणको तत्काल प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै सङ्क्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने जानकारी दिए । उनले सङ्क्रमणको जोखिम भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन अपिल सबैलाई गरेकाछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्