देशभर एकैदिन थपिए १ हजार १११ कोरोना संक्रमित – Janadesh Daily | ePaper

देशभर एकैदिन थपिए १ हजार १११ कोरोना संक्रमित


जनादेश, काठमाडौं ।

आज थप एक हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् ।

आज थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २० हजार ७३ उपचारपछि निको भएको गौतमले बताए । नेपालमा हालसम्म १८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्