नेपालगञ्जमा जुम्लाको ‘अर्गानिक’ स्याउ – Janadesh Daily | ePaper

नेपालगञ्जमा जुम्लाको ‘अर्गानिक’ स्याउ


जनादेश, नेपालगञ्ज ।

जैविक (अर्गानिक) मानिने भएकाले यहाँ अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ ।

नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ आउन थालेको छ ।

नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तोपर्ने गरेको छ । अहिले शुरुवातको चरण भएकाले दैनिक एक ट्रक स्याउ आउने गरेको स्याउ व्यापारी बताउँछन् ।

यहाँस्थित गुरुद्धारा रोडमा रहेको नेपाल फलफुल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गरिरहेका छन् ।

नेपालगञ्ज बजारमा जुम्लाको स्याउ भर्खर आउन शुरु भएको छ । शूरुवाती चरण भएको र स्याउ कृषकले राम्ररी नपाकेको स्याउ पठाउने गरेकाले स्याउप्रति उपभोक्ताको चाख त्यति नबढेको स्याउका खुद्रा व्यापारी असलम अन्सारीले बताए ।

नेपाल फलफुल सागसब्जी व्यवसायी संघका सदस्य मेराईलाल साहु भन्नुहुन्छ, “जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।”

जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पु¥याउने गरिएको छ । नेपालगन्ज बजारमा अहिले जुम्लाको स्याउ रु १०० देखि रु १५० प्रतिकिलो बिक्री हुने गरेको फलफुल व्यापारी मोहम्मद नसिमले बताए । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्