क्यानाडा विद्यालय पुनः खोल्ने तयारीमा, ट्रूडोद्वारा सहयोग कोष घोषणा – Janadesh Daily | ePaper

क्यानाडा विद्यालय पुनः खोल्ने तयारीमा, ट्रूडोद्वारा सहयोग कोष घोषणा


ओटावा,

क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रूडोले महामारीका कारण बन्द भएका विद्यालयहरू खोल्न सहयोग पु¥याउन झण्डै एक खर्ब ५२ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोषको घोषणा गर्नुभएको छ । उक्त रकम आवश्यकता अनुसार प्रान्त र क्षेत्रिय सरकारलाई विद्यालयलाई सुरक्षितरूपमा पुनः सञ्चालनमा ल्याउनका लागि उपलब्ध गराउने क्यानडाको प्रधानमन्त्रीको कार्यालयले बिहीबार जानकारी गराएको छ ।

महामारीका कारण बन्द अवस्थामा रहेका विद्यालयहरू खोल्न दुई हप्ता भन्दा कम समय बाँकी रहेका वेला प्रधानमन्त्री ट्रुडोले उक्त कोषको घोषणा गर्नुभएको हो । क्यानडाका कतिपय प्रान्त तथा स्थानीय निकायले कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको विवरणहरू सार्वजनिक गरिरहेका समये विद्यालय पुनः सञ्चालनको लागि स्वास्थ्य सुरक्षा सहयोग कोष स्थापना भएको हो ।

एक महिना पहिले नै अर्थतन्त्र र स्वास्थ्य सेवा प्रणालीका लागि भन्दै प्रान्त र क्षेत्रहरूलाई १९ अर्ब क्यानाडेली डलर सहयोग घोषणाको व्यवस्था गर्ने आश्वासन दिनुभएको थियो ।

पछिल्लो कोष प्रान्त र क्षेत्रहरूलाई स्थानीय विद्यालयमा जाँदा विद्यार्थी र कर्मचारीहरूलाई कोभिड–१९ को महामारीबाट सुरक्षित राख्न अपनाउनुपर्ने उपायहरूको व्यवस्था गर्न गरिएको हो । जस अन्तर्गत विद्यालयहरूमा सिकाइका लागि अतिरिक्त स्थान, स्वच्छ हावा, हात सफा गर्ने साबुन तथा सफाईका अन्य सामान र व्यक्तिगत सुरक्षाका सामानहरू मास्क, स्यानिटाइजरलगायतको व्यवस्था गरिनेछ ।

बालबालिकालाई सुरक्षित रूपमा विद्यालय फर्काउनु अर्थव्यवस्थालाई पुनः सुरु गर्न महत्वपूर्ण छ । यसले अभिभावकलाई आफ्ना बच्चाहरूको स्वास्थ्यको बारेमा कुनै चिन्ता नगरी विद्यालय फर्किन सघाउने विश्वास मैले लिएको छु,” प्रधानमन्त्री ट्रुडोले भन्नुभयो ।

“हाम्रा बच्चाहरू कक्षाकोठामा सुरक्षित हुनुपर्दछ । यो वेवास्ताा गर्न नहुने विषय हो,” उहाँले भन्नुभयो ।

ट्रूडो सरकारले आदिवासी समुदाय रहेका विद्यालयहरूमा ११ करोड क्यानडेली डलर लगानी गर्ने यस पहिले नै घोषणा गर्नुभएको छ । क्यानडामा गत मार्चको मध्यदेखि विद्यालय र व्यवसाय बन्द भएपछि विद्यार्थीहरूले घरबाटै अनलाइन कक्षाहरू लिँदै आएका छन् । रासस/सिन्ह्वा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्