नगद सहित पक्राउ – Janadesh Daily | ePaper

नगद सहित पक्राउ


जनादेश, कास्की ।

कास्की प्रहरीले एक लाख ३६ हजार १७० रुपैयाँ नगद तथा ताससहित पाँच जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं १४ खसीबजारबाट बुधबार उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले नियन्त्रणमा लिएको हो ।

चन्द्रबहादुर श्रेष्ठको घरमा जितबहादुर कुँवरले सञ्चालन गर्दै आइरहेको जित रियलस्ट्रिक एन्ड हाउजिङ प्रालिको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्