झापाका वृद्धको कोभिडबाट मृत्यु – Janadesh Daily | ePaper

झापाका वृद्धको कोभिडबाट मृत्यु


जनादेश, झापा ।

झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताएकाछन् ।

झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो ।

एक साता अघि उहाँ नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल जानुभएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उहाँकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

हाल उहाँकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत हुनुहुन्छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्