नवाजुद्दिन भन्छन्, ‘सुशान्तले जीवनलाई कसरी अन्त्य गर्न सक्यो’ – Janadesh Daily | ePaper

नवाजुद्दिन भन्छन्, ‘सुशान्तले जीवनलाई कसरी अन्त्य गर्न सक्यो’


काठमाडौँ,

बलिउड अभिनेता सुशान्तसिंहको मृत्युमाथि धेरै कलाकारले आफ्नो राय राखे । सामाजिक सञ्जालमा सुशान्तलाई सम्झँदै तस्बिरदेखि लामो स्टाटस लेखे ।

यसबीच नवाजुद्दिन सिद्दिकी केहि मौन देखिए । तर, उनले यो मौनता तोडेका छन् । उनले बलिउड हंगामालाई सुशान्त बोलिरहने स्वभावको रहेको बताएका छन् ।

‘भरपुर जीवन बाँच्थ्यो । जन्मदै गफ गर्ने स्वभाव लिएर आएको थियो । उसलाई आफ्नो गफमा बाँधिरहन आउँथ्यो । उनको शब्दहरु जादुमयी हुन्थ्यो । तपाईं उसले निकालेको कुनै विषयमा नसुनी बस्न सक्नु हुन्थेन,’ सिद्दिकीले भनेका छन् ।

फिल्मका विभिन्न कार्यक्रम उनको भेट सुशान्तसँग भइरहन्थ्यो । उनी सुशान्तको कामलाई मन पराउँथे । ‘हामी एकअर्काको कामलाई मनपाउँथ्यौं । ऊसँग भेट्दाको सकरात्मक अनुभव म अझै सम्झन्छु । त्यसकारण पनि मलाई उसको मृत्यु भएको स्वीकार्न समय लाग्यो । कसरी जीवनलाई सुशान्तले अन्त्य गर्न सक्यो ? जबकि उनी नयाँ आइडिया र भरपुर जीवन बाँच्न जान्दथे,’ हंगामालाई उनले भने ।

फिल्ममा सुशान्तले निभाएका विभिन्न पात्रहरुको अभिनय नवाजुद्दिनलाई असाध्यै मन परेको छ । ‘सुशान्त ठूलो स्टार हो । उसले ब्लकबस्टर फिल्महरु दिन सक्थ्यो । उनले सोनचिढिया, डिटेक्टिभ बम्केसबक्सीजस्ता फिल्म गरे । सुशान्त राम्रो कलाकार थिए । आफ्नो कामप्रति निकै झुकाव राख्थे । पैसाले अर्थ राखेन कहिल्यै,’ सिद्दिकीले भने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्