कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु – Janadesh Daily | ePaper

कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु


बुटवल,

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको आज बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उहाँका अनुसार उनलाई यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचाप रहेकाले अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर शुरुदेखि नै भेन्टिलेटरमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको जनाइएको छ ।

यससँंगै कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये २४ घण्टाभित्र तीन जनाको मृत्यु भएको छ । यसअघि बुधबार राति कपिलवस्तुका पुरुषको र बिहीबार बिहान तिलोत्तमा नगरपालिका –२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । यससँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने आठ जना पुगेका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्