दाङमा पर्सीदेखि एक साताका लागी पूर्णरुपमा लकडाउन – Janadesh Daily | ePaper

दाङमा पर्सीदेखि एक साताका लागी पूर्णरुपमा लकडाउन


चन्द्रप्रकाश नेपाली,

घोराही। दाङमा पर्सी आईतबार राती १२ बजे देखि एक साताका लागी पूर्णरुपमा लकडाउन हुने भएको छ ।

आज बसेको कोरोना सङ्कट ब्यबस्थापन समितिको बैठकले समुदायस्तरमा कोरोना भाईरसका संक्रमित फेला पर्न थालेपछि यसको नियन्त्रणको लागी एक सताका लागी पुर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लकडाउनको अवधिमा पिसिआर जाँचलाई तिब्रता दिने र एक हप्ता पछिको अवस्था हेरेर थप निर्णय लिइने समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रिजालले जनकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्