हातहतियार मुद्धामा फरार सात जना पक्राउ – Janadesh Daily | ePaper

हातहतियार मुद्धामा फरार सात जना पक्राउ


जनादेश, सल्यान ।

हातहतियार खरखजना मुद्धामा फरार भएका सात जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । अवैध हातहतियार खरखजना मुद्धामा फरार रहेका उनीहरुलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कालीमाटी गाँउपालिका वडा नम्वर ५ बस्ने ४५ बर्षिय रोशन वली, सोहि ठाउँका २० बर्षका लाल बहादुर गिरी, २७ बर्षका प्रकाश गिरी, ४० बर्षका युवराज गिरी, ३५ बर्षका बेल बहादुर गिरी, ४५ बर्षका झमन सिह गिरी र ३० बर्षका दान बहादुर वली रहेका छन ।

जिल्ला प्रशासन कार्यालय सल्यानले गएको माघ १५ गते उनीहरुलाई उक्त मुद्धामा दोषि ठहर गदै जनही छ महिना कैद सजायको फैसला गरेको थियो ।

पक्राउ परेकाहरुलाई सजाय भुक्तानका लागी जिल्ला प्रशासन कार्यालय उपस्थित गराईएको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्