रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो, स्थानीय आन्दोलित – Janadesh Daily | ePaper

रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो, स्थानीय आन्दोलित


जनादेश, दैलेख ।

अत्यधिक रक्तस्राव हुँदा दैलेखमा एकजना सुत्केरीको ज्यान गएको छ ।

ठाँटीकाँध गाउँपालिका–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य अवस्थामा सुत्केरी गराए पनि लगातार रगत बगेर ज्यान गएको हो ।

रक्तस्राव नरोकिएपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा अस्पताल पुग्नेवित्तिकै डाक्टरले मृत घोषणा गरेका मृतकका जेठाजु टेकबहादुर शाहीले बताए । शिशुको अवस्था भने सामान्य छ ।

प्राथमिक स्वास्थ्य केन्द्रले राम्रो उपचार गर्न नसकेको कारण सुत्केरीको ज्यान गएको भन्दै स्थानीयले ठाँटीकाँध गाउँपालिका र स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्