हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट – Janadesh Daily | ePaper

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट


सिमकोट ।

हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताउनुभयो ।

बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ । नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन ।

आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्