महरा सरको स्वाभाविक राजनीतिक कमब्याक – Janadesh Daily | ePaper

महरा सरको स्वाभाविक राजनीतिक कमब्याक


समिर शर्मा ।

सिङ्गो माओवादी आन्दोलन, शान्ति प्रक्रिया र राष्ट्रिय राजनीतिमा कृष्णबहादुर महराको योगदान घाम झै छर्लङ्गै छ । राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा निरन्तर पक्ष लिइरहँदा सभामुखको पदमै बहाल हुँदा केही तत्वहरुको भिमकाय डिजाइनको कोपभाजनका कारण महराले सभामुख पदबाट राजीनामा दिनुप¥यो । कथित जबर्जस्ती करणी उद्योगको आरोपमा काठमाडौं जिल्ला अदालतले सफाइपछि अहिले महराको सदनतर्फको यात्रा खुलेको छ ।

जीवनभर राजनीतिमा पछाडि फर्कन नपरेका र चुनावी प्रतिश्पर्धामा कहिल्यै हार व्यहोर्नु नपरेका महरालाई एउटा षडयन्त्रपुर्वक घटनाले संसदमा केही समयका लागि अनुपस्थित रहन त पर्योे तर त्यो बीचमा देशभक्त तथा आम जनताको अपार प्रेम नै पर्याप्त थियो, महरको राजनीति उचाई थाहा पाउनका लागि ।

नेपालको राजनीतिमा सामान्य चासो राख्ने जो कोहिलाई पनि महराको सक्रियता, उपस्थिती, भूमिका र योगदानको बारेमा जानकारी नहुने बिषय नै भएन । त्यो भन्दा पनि महत्वपुर्ण के हो भने विभिन्न राजकीय भूमिकामा रहँदा महराको कार्यशैली र क्षमता नै कतिपयलाई डाह भएको थियो ।
तर, साबिकको राप्ती अञ्चलमा उनको लोकप्रियताको पारो कति माथि थियो र छ भन्ने थाहा पाएकाहरु महराको राजीतिक कमब्याक कहिले भनेर ब्यग्र प्रतिक्षारत छ ।

krishna bahadur mahara - Aarthik Television

विगत झण्डै सात महिनादेखि महरा आफनो गृहजिल्ला, निर्वाचन क्षेत्र र छिमेकी जिल्लाहरुमा जनसमुदायबीच निरन्तर छाईरहेका छन् । राजधानी काठमाडौंमा कतिपयलाई महराको राजनीतिमा कमब्याक कहिले भनेर प्रश्न उब्जेको होला तर राप्ती भेरी आसपासका जनताले महरा ‘सर’को राजनीतिक निश्क्रियतालाई कल्पना पनि गरेको छैन । उनको अविचलित यात्रा, राजनीतिक संस्कार, साङ्गठनिक सक्रियता, राष्ट्रिय र अन्तरराष्ट्रिय छवि नै महराको राजनीतिका अहरणिय पुँजी हुन् जसले महरालाई जनतासँगै रहन र जनसेवामा खटिरहन अभिप्रेरित गरेको छ ।

महराको पहलमा गाउँ नै झिलिमिली | Indrenionline.com

कोरोना महामारीका बेला अन्य नेताहरु घरभित्रै स्वबन्दी बसिरहँदा महरा भने साबिकको राप्तीका जिल्लाहरुमा सामाजिक र विकासका काममा सक्रिय रहिरहे । यो सक्रियताले पर्याप्त के संकेत दिएको छ भने महराको राजनीतिक निरन्तरता लोकले अपरिहार्य भनेर स्विकार नै गरेको छ ।

तर यसैबीच सिङ्गो नेकपाले महरालाई सक्रिय राजनीतिमा छिटो भन्दा छिटो ल्याउनका लागि आधिकारिक निर्णय लिन जरुरी भैसकेको छ । आधिकाररिक निर्णय मात्रै नभई महरालाई पार्टी राजनीतिमा उनलाई भूमिका दिनुपर्ने आवश्यकता छ ।

July 3, 2019 – Page 19 – Nepal24Hours.com – Integration Through Media ….!

यो बीचमा कतिपयलाई महरालाई गुटउपगुटमा भएको देख्ने वा चाहने प्रवृति पनि प्रकट भएकै छ । तर यथार्थ के हो भने महरा चरित्रले नै कुनै गुटमा लागेर पार्टी राजनीतिलाई कमजोर पार्ने धमिरो प्रवृति भन्दा टाढै रहेका नेता हुन् । राष्ट्र, राष्ट्रियता, अग्रगामी र जनकेन्द्रित राजनीति नै महराको विगत र वर्तमान हो भने भविष्य पनि त्यही अनुरुप हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्