वास्तु शास्त्रः पर्समा राख्नुस् यी ४ कुरा कहिल्यै हुँदैन खाली – Janadesh Daily | ePaper

वास्तु शास्त्रः पर्समा राख्नुस् यी ४ कुरा कहिल्यै हुँदैन खाली


तपाइँ हामी सबै पर्स बोक्छौं । पर्स खाली हुने चिन्ता सबैलाई हुन्छ । पर्समा सबै कुरा राख्न नहुने बताउँछन् बास्तुविदहरु । पर्समा कतिपय कुरा अशुभ मानिने उनीहरुको भनाइ छ ।

पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्‍याएर राख्नु पर्ने बताइन्छ । तर वास्तु शास्त्रका अनुसार केही यस्ता चिज छन् जसलाई पर्समा राख्दा पर्स खाली हुने चिन्ता हुँदैन अर्थात पैसाको अभाव हुँदैन ।

बास्तु शास्त्रका अनुसार हामीसँग हुने कतिपय चिज सकारात्मक प्रभाव दिने हुन्छन् भने कतिपय चिज नकारात्मक प्रभाव दिने । यदि सकारात्मक उर्जा दिने चिज साथमा राख्यो भने जीवनमा पनि उर्जा प्रभाहित हुन्छ भने नकारात्मक ऊर्जा बढाउने चिज राखेमा त्यसको असर नकारात्मक नै पर्छ ।

के राख्ने पर्समा?

१- बेसारको टुक्राः पर्समा बेसारको सानो टुक्रा राखेमा यसले पर्समा पैसा संकलनको लागि सकारात्मक उर्जा बढाउँछ ।

२- पित्तलको पातामा श्रीं ह्रीं श्रीं नमः लेखेर राख्नुस् यसले तपाइँको पर्समा सकारात्मक उर्जा बढाइदिन्छ ।

३- चाँदीको सिक्का जसमा लक्ष्मीको मुर्ति कुदिएको हुन्छ, यसले पनि पर्समा सकारात्मक उर्जा बढाउँछ ।

४- गौमती चक्र वा कौडा पर्समा राख्दा पनि यसले पर्समा सकारात्मक उर्जा बढाउँछ ।

र यो पनि- 

वास्तु शास्त्रः घरमा राख्न अशुभ मानिन्छ यी ६ तस्विर 

सुत्ने बेलामा कहिल्यै नगर्नुस् यी ८ काम 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्