चीनले कसरी जित्यो कोरोनाः चिनियाँ राष्ट्रपतिको जवाफ (भिडियोसहित) – Janadesh Daily | ePaper

चीनले कसरी जित्यो कोरोनाः चिनियाँ राष्ट्रपतिको जवाफ (भिडियोसहित)


जनादेश, काठमाडौं ।
वुहान सहरबाट सुरु भएको कोरोना भइरसको प्रकोपलाई चीनले पूर्णतः नियन्त्रण गर्न सफल भएको छ । विश्‍वका अन्य मुलुकमा महामारी बढिरहँदा चीनले आफ्नो सारा शक्ति लगाएर कोरोनाविरुद्धको युद्ध जितेको घोषणा गरिसकेको छ ।

भाइरसको महामारीका ५० दिनसम्ममा चीनले उठाएका र अपनाएका अहम निर्णय तथा कदमहरुका कारण देशमा ७ लाख भन्दा धेरै मानिसहरु जोगिएको शोधकर्ताहरुले बताएका छन् ।

शोधकर्ताहरुले चीनद्वारा भाइरसलाई नियन्त्रित गर्नका लागि अपनाइएका उपायहरुकै कारण भाइरस वुहानबाट अन्य शहरहरुमा फैलिन धेरै समय लागेको र देश पूरा लकडाउन गरेकै कारणले ७ लाख भन्दा धेरै मानिसहरुलाई भाइरसको शिकार हुनबाट रोकेको बताउँछन् ।

कोरोना नियन्त्रणमा योगदान गरी राष्ट्रिय पदकका लागि मनोनित भएका व्यक्तिहरूलाई चिनियाँ राष्ट्रपति सी चिन फिङले गत मंगलबार बेइजिङको ग्रेट हल अफ पिपलमा पदक प्रदान गरे । समारोहमा राष्ट्रपति सीले महत्त्वपूर्ण सम्बोधन पनि गरे । सो सम्बोधनमा चीनले कोरोनाविरुद्धको युद्ध कसरी जित्यो भनेर महत्वपूर्ण भनाई राखेका छन् ।

कोरोना विरुद्धको युद्धमा राष्ट्रपति सीले सबै श्रेय नागरिकलाई दिएका छन् । खासमा चीनले कोरोना जित्न के के गर्‍यो त ?

राष्ट्रपति सीका भनाईसहितको यो भिडियोले धेरै कुराको जवाफ दिन्छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्