मात्र रु २,५०० मा पिसिआर चेक गर्ने – Janadesh Daily | ePaper

मात्र रु २,५०० मा पिसिआर चेक गर्ने


जनादेश, डडेल्धुरा ।

डडेल्धुरा अस्पतालले रु दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ ।

यसअघि अस्पतालले आपत्कालीनावस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।

साधारणावस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताउनुभयो । डडेल्धुरा अस्पतालमा आजसम्म तीन कोरोना भाइरस संक्रमित छन् ।

दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको र आज दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्