लद्दाख तनावः चीन र भारतका विदेशमन्त्रीबीच पाँचबुदे सहमति – Janadesh Daily | ePaper

लद्दाख तनावः चीन र भारतका विदेशमन्त्रीबीच पाँचबुदे सहमति


एजेन्सी ।

भारत र चीनबीच लद्दाख लगायतका सीमामा जारी तनाव कम गर्ने सहमति भएको छ ।

भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा तनाव घटाउनका लागि पाँच बुँदे सहमति भएको हो ।

बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको स्पष्ट पारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चीनको भारत नीतिमा पनि कुनै परिवर्तन नभएको विश्वास भारतलाई रहेको पनि विदेशमन्त्री जयशंकरले बैठकमा बताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयले पनि दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको जवाफ दिएको छ ।

यो पनि पढ्नुस्- चीनबारे अनर्गल प्रचार नगर्न भारतीय मिडियालाई बेइजिङको चेतावनी

लद्दाखमा यसरी भएको थियो चिनियाँ र भारतीय सैनिकको झडप (भिडियोसहित) 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्