कृषि व्यावसायः सल्यानमा झण्डै २ करोड रुपैयाँ बराबरको स्याउ फल्यो – Janadesh Daily | ePaper

कृषि व्यावसायः सल्यानमा झण्डै २ करोड रुपैयाँ बराबरको स्याउ फल्यो


जनादेश, सल्यान ।

भदौ सल्यानमा यस वर्ष झण्डै २ करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको छ । ५५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको सल्यानमा यस वर्ष ३ सय ९० मेट्रिकटन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

उपयुक्त र भूगोल र हावापानी भएकाले पछिल्लो समय जिल्लाका किसानहरू स्याउ खेतीप्रति आकर्षित हुन थालेका छन् । कुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाका केही भागमा स्याउ खेती हुँदै आएको छ ।

यस वर्ष मौसमले राम्रो साथ दिएकाले स्याउ उत्पादनबाट किसानहरूले १ करोड ९५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको कृषि कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्