पारिश्रमिक नदिएको भन्दै शिक्षक आन्दोलित – Janadesh Daily | ePaper

पारिश्रमिक नदिएको भन्दै शिक्षक आन्दोलित


महेन्द्रनगर ।

पारिश्रमिकका लागि कञ्चनपुरका शिक्षक आन्दोलित | खबर कुञ्ज

लामो समयदेखि पारिश्रमिक नपाएपछि कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । निजी विद्यालयका सञ्चालकले लकडाउनको बहानामा शिक्षकको पारिश्रमिक नदिएको भन्दै आइतबार कञ्चनपुरको भीमदत्तनगरपालिकामा धर्ना दिएका छन् ।

पारिश्रमिकका लागि सम्बन्धीत निकायसँग हारगुहार गरेपनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको शिक्षक नरेन्द्रसिंह भण्डारीले बताए ।

संस्थागत विद्यालयका शिक्षकहरुको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले गत बिहीवार कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला नगरपालिकाले बिना जानकारी तोडेपछि शिक्षकले आइतबार भीमदत्तनगरपालिकाको मुल गेटमा धर्ना दिएको शिक्षक भण्डारीले जानकारी दिएका छन् ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्