९६ लाख रुपैयाँमा बिक्यो अब्राहम लिंकनको कपालको गुच्छा – Janadesh Daily | ePaper

९६ लाख रुपैयाँमा बिक्यो अब्राहम लिंकनको कपालको गुच्छा


एजेन्सी,

वासिङटन । अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको गुच्छा र उनको हत्याको जानकारी दिने रगतबाट लतपतिएको तरको लीलामी भएको छ । यसको विक्रीबाट ९६ लाख रुपैयाँ भन्दा बढी प्राप्त भएको छ ।

वासिङटन डीसीको फोर्ड थिएटरमा १८६५ मा उनलाई गोली हानिएको थियो । पछि उनको मृत्यु भएको थियो । पोस्टमार्टमको समयमा उनको लगभग २ इन्चको कपाल काटिएको थियो ।

आरआर अक्सनका अनुसार कपालको यो गुच्छा उनकी पत्नी मेरी टोड लिंकनका नातेदार र केन्टुकी पोस्टमास्टर डा. लेमन बीचर टोडलाई पठाइएको थियो ।

Source: https://www.karobardaily.com/news/117636

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्