पोखरामा १७ सहित गण्डकी प्रदेशमा ७६ जनामा कोरोना पुष्टि – Janadesh Daily | ePaper

पोखरामा १७ सहित गण्डकी प्रदेशमा ७६ जनामा कोरोना पुष्टि


पोखरा ।
गण्डकी प्रदेशमा शुक्रबार थप ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
गण्डकीका ४ जिल्लाका ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीका तीन जना बालक, ९ जना पुरुष र ५ जना महिला गरी १७ जनामा, नवलपुरका २५ जना पुरुष र ९ जना महिला गरी ५४ जना पुरुष, तनहुँका ४ जना पुरुष र स्याङजाका १ जना पुरुषमा कोरोना देखिएको शर्माले जानकारी दिए ।
यो सगँ गण्डकी प्रदेशमा ३ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म १ हजार ९ सय ७५ जना निको भएर घर फर्किएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्