कोरोना खोप कहिले आउँछ ? यस्तो छ चीनको अन्तिम तयारी – Janadesh Daily | ePaper

कोरोना खोप कहिले आउँछ ? यस्तो छ चीनको अन्तिम तयारी


जनादेश विशेष ।

कोरोना भाइरस महामारी बनिरहँदा भाइरसविरद्धको खोपको प्रतीक्षा संसारभर चलिरहेको छ । विभिन्न मुलुकले सयौंको संख्यामा कोरोना भाइरस खोपको अध्ययन गरिरहेका छन्, यी मध्ये नौ किसिमका खोपले तेस्रो चरणको क्लिनिकल परीक्षण पार गरिसकेका छन् ।

तीन चरणा पार गरेका मध्ये चार खोप निर्माता कम्पनी चिनियाँ हुन् । चिनियाँ खोपको क्लिनिकल परीक्षणमा चीन लगायत १ सय २५ वटा मुलुकका ३१ हजार स्वयंसेवकले भाग लिएको बताइएको छ ।

 

नोभेम्बरसम्म उपलब्ध भैसक्छ- चिनियाँ अधिकारी

चिनियाँ खोपको परिणाम निक्कै राम्रो छ । खोपले एन्टिबडी उत्पन्न गर्न सफल भएको परीक्षण नतीजाबाट देखिएको छ । स्वयंसेवकमा गम्भीर नकारात्मक असर देखिएन तर थकान वा टाउको दुख्ने समस्या भने देखिएको छ ।

चिनियाँ रोग नियन्त्रण केन्द्रका विशेषज्ञ वु क्वी चनले आगामी नोभेम्बरबाट चिनियाँ खोप सर्वसाधारणलाई प्रदान गर्ने बताएका छन् ।

संयुक्त अरब ईमिरेट्स सरकारले चिनियाँ खोपको प्रयोग गर्न अनुमोदन गरेको थियो। त्यहाँका स्वास्थ्य तथा रोग प्रतिरोध मन्त्री अब्दुल रहमान अलोवाइसले राष्ट्रिय पत्रकार सम्मेलनमा चिनियाँ खोप प्रभावकारी हुनुका साथै सुरक्षित तथा शारिरीक स्वास्थ्यमा ठूलो प्रभाव नपार्ने भएकोले चिनियाँ खोपमाथि ठूलो विश्वास रहेको बताएका छन् ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले हालै सर्वप्रथम चिनियाँ र रूसी खोप लिने बताएका छन् । खोप किन्ने र रकम तिर्ने काममा चीनले अझ बढी सुविधा प्रदान गर्ने उनको विश्वास छ ।

पश्चिमी मुलुकका औषधी व्यवसायले पैसालाई मात्र ध्यान दिने भन्दै राष्ट्रपति दुतेर्तेले चीनसँग कारोबार गरेमा भीख माग्नु नपर्ने बताएका छन् । इन्डोनेसिया सरकारले पनि आगामी वर्षको आरम्भमा चिनियाँ खोपको संचालनका लागि अनुमोदन गरेको छ।

अन्यत्र के छ ?
युरोपमा पनि खोपको निर्माण भैरहेको छ । जर्मनीको एउटा खोप अध्ययन प्रतिष्ठानका प्रमुखले जर्मनीको पहिलो कोरोना भाइरस खोप यस वर्षको अन्त्यमा वा आगामी वर्षको आरम्भमा उत्पादनका लागि अनुमोदन पाउन सफल हुने अपेक्षा राखेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीको एउटा खोप अध्ययन कम्पनीलाई किनेर अमेरिकामै रहेर अमेरिकाका लागि खोपको अध्ययन गर्ने प्रस्ताव गरेका छन् । तर उक्त कम्पनीले अस्वीकार गरेको छ।

बेलायतको एस्ट्राजेनेका कम्पनीले अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकसँऊ मिलेर विकास गरिरहेको कोरोना भाइरस खोपको तेस्रो चरणका स्वयंसेवकमा गम्भीर नकारात्मक प्रतिकृया भएपछि अस्थायी रूपमा परीक्षण स्थगित हुन पुगेको थियो । तर त्यसको पुनः परीक्षण सुरु भसकेको छ ।

यो पनि हेर्नुस्- रुसले बनाएको कोरोना खोपको नतिजा सकारात्मक

कोरोना खोपबारे अमेरिकी राष्ट्रपतिको दाबी उनकै सरकारका अधिकारीद्वारा खारेज 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्