दीपिका पादुकोण पनि सुशान्त प्रकरणमा मुछिइन् – Janadesh Daily | ePaper

दीपिका पादुकोण पनि सुशान्त प्रकरणमा मुछिइन्


एजेन्सी ।

बलिउड अभिनेत्री दीपिका पादुकोण पनि अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरण अनुसन्धानका क्रममा मुछिएकी छिन् । लागु औषध मुद्धामा दीपिकाको नाम पनि जोडिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले ३ वर्षअघि गरेको कुराकानी उद्धृत गर्दै दीपिका पादुकोण पनि लागुऔषधमा संलग्न भएको आरोप लगाइएको समाचारमा जनाइएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको लागु औषध अनुसन्धान व्युरो एनसीबीले यो घटनामा दीपिकाका म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

दीपिका कानुनी परामर्श गरेर अघी बढ्ने तयारीमा छिन् । सुशान्त प्रकणमा बलिउडका थुप्रै कलाकार विवादमा आएका छन् ।

यो पनि हेर्नुस् – 

बलिउड अभिनेत्री शिल्पामाथि ठगीको आरोप, प्रहरीमा उजुरी

सारा अलि खानसहित २५ बलिउड कलाकार लागूऔषध प्रयोगकर्ता रहेको खुलासा 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्