नेकपा सचिवालय आजः मन्त्रिमण्डल पुनर्गठनबारे यस्तो छ ओली-प्रचण्डको रणनीति – Janadesh Daily | ePaper

नेकपा सचिवालय आजः मन्त्रिमण्डल पुनर्गठनबारे यस्तो छ ओली-प्रचण्डको रणनीति


जनादेश, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बालुवाटारमा बस्दै छ । बैठकमा मुख्यगरी मन्त्रिमण्डल पुनर्गठन र रोकिइरहेका संवैधानिक नियुक्तिबारे सहमति जुटाउने बताइएको छ ।

सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिबारे बनाएको सैद्धान्तिक मापदण्ड, कोरोना महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता विषयमा निर्णय लिने नेकपाले जनाएको छ ।

बैठक मंगलबार सक्ने गरी छलफल गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भैसकेका छन् । सचिवालय बैठक स्थगित गरेर मन्त्रिपरिषद् पुनर्गठनसहित सचिवालयमा प्रस्तावित एजेन्डाबारे ओली र प्रचण्डबीच सोमबार बालुवाटारमा छलफल भएको थियो। ओली र प्रचण्डबीच छलफल भएको थियो ।

ओली-प्रचण्ड ‘भद्र सहमति’

ओली र प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा भद्र सहमति भैसकेको प्रचण्डनिकट स्रोतले दाबी गरेको छ । मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा आएका तीन सुझावलाई ख्यालमा राखेर दुई अध्यक्षले सहमति गरेको बताइएको छ ।

प्रधानमन्त्री बाहेक सबै मन्त्रीलाई हटाउने, मापदण्डमा २ वर्ष पुगेका सबै मन्त्रीलाई हटाउने र कार्यक्षमतामा कमजोर देखिएकालाई हटाएर पुनर्गठन गर्ने तीन सुझाव आइतबारको पेरिसडाँडा बैठकमा आएका थिए । सचिवालयले मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा ठोस सुझाव दिएपछि मात्रै प्रधानमन्त्री अघि बढ्ने छन्।

पार्टीभित्र शक्ति सन्तुलन पनि ख्याल गर्ने र आमरुपमा आलोचना हुने निर्णय नगर्ने दुई अध्यक्षको भद्र सहमति छ । त्यसका लागि ओलीले दाहाललाई निश्चित नेताको लविङ नगर्न आग्रह गरेका छन् भने मन्त्रिमण्डल पुनर्गनठनमा सम्मानजनक व्यवस्थापन गर्ने पनि आश्वासन दिएका छन् ।

प्रचण्डले बामदेवलाई मन्त्री बनाउने पक्षमा लविङ नगरुन भन्ने ओलीको चाहाना छ । ओलीले नारायणकाजी श्रेष्ठ र बामदेव गौतमलाई मन्त्री बनाउन नचाहेको बताइन्छ । तर प्रचण्ड र माधव नेपाल पक्ष भने सचिवालयमा रहेका नेताहरुलाई सम्मानजनक स्थान दिएर अघि बढ्नुपर्ने पक्षमा छन् ।

यो पनि पढ्नुस् – 

हिमालयन रेलः नेपाल-चीन सीमापार रेलको प्रारम्भिक सर्वे सम्पन्न (फिचर)

बामदेवको मनोनयन खारेजी र मन्त्री नबनाउन माग गर्दै सर्वोच्चमा रिट

बामदेवबारे सामाजिक सञ्जालमा जुहारी, विरोध गर्नेलाई माधव नेपालका सल्लाहकारको जवाफ 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्