प्रदेश ५ समाचार ः बाढी र पहिराले मानवीय एवं तरकारी बालीमा क्षति – Janadesh Daily | ePaper

प्रदेश ५ समाचार ः बाढी र पहिराले मानवीय एवं तरकारी बालीमा क्षति


रुपन्देही ।

लगातारको वर्षाका कारण प्रदेशका विभिन्न जिल्ला प्रभावित हुन पुगेका छन् । कतिपय जिल्लामा बाढी र पहिरोले मानवीय क्षति समेत भएको छ । कतिपय जिल्लामा किसानले लगाएका तरकारी बालीलाई असर पु¥याएको छ । बुटवलको तिनाउ नदीमा आएको बाढीले आज बुटवल–१७ रानीगञ्जमा प्रेमकुमारी खाम्चाका चार कोठाको कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

अहिले खाम्चा परिवारले छिमेकीको घरमा आश्रय लिएका छन् । त्यस्तै रानीगञ्ज क्षेत्रका चार घर बाढीको जोखिममा परेपछि प्रहरी र स्थानीयवासीको सहयोगमा घरका सामान सारिएको प्रहरी प्रवक्ता खत्रीले बताउनुभयो ।

वर्षा कारण तिनाउ नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । नदीको पानीको सतह बढेपछि बुटवल उपमहानगरपालिका तथा अन्य पालिकाका जनप्रतिनिधिहरुले स्थलगत अवलोकन गर्नुभएको छ । लगातारको वर्षाका कारण जिल्ला लुम्बिनी, मर्चवारीलगायत विभिन्न पालिका जलमग्न भएका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्