यातायात लाइसेन्स वितरण शुरु – Janadesh Daily | ePaper

यातायात लाइसेन्स वितरण शुरु


सुर्खेत ।

वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज सेवाग्राहीलाई नयाँ लाइसेन्स वितरण गर्नुभयो । गत माघ ६ गतेदेखि नयाँ लाइसेन्स सेवा शुरु गरेको कर्णालीको यातायात व्यवस्था कार्यालयले आज मुख्यमन्त्री शाहीको उपस्थितिमा पाँचसय ५३ नयाँ लाइसेन्स वितरण गरेको छ ।

गत माघदेखि सेवा शुरु गरिए पनि छपाइ गर्न काठमाडौँ पठाउनुपर्ने र कोभिड–१९ का कारण वितरण प्रक्रिया ढिला भएको यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपार्इँले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ लाइसेन्सबाट मात्रै रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु १० करोड ७३ लाख राजश्व सङ्कलन गरिएको जनाएको छ ।

‘उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्नुस्’

मुख्यमन्त्री शाहीले उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्न निर्देशन दिनुभएको छ । सुर्खेतबाट पहिलो पटक गरिएको लाइसेन्स वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यातायात व्यवस्था कार्यालय कर्मचारीलाई लाइसेन्स लिन भनसुन र पहुँचभन्दा पनि उत्तरदायी र पारदर्शीरुपमा नागरिकलाई नयाँ लाइसेन्स वितरण गर्न निर्देशन दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्