एकै दिन १४ फरार अभियुक्त पक्राउ – Janadesh Daily | ePaper

एकै दिन १४ फरार अभियुक्त पक्राउ


सप्तरी ।

प्रहरीले विभिन्न मुद्धामा फरार रहेका १४ जनालाई आज पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भएपछि फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

घरमै लुकिछिपी बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरी आज जिल्ला अदालतमा उपस्थित गराएको प्रनाउ भारतीले बताउनुभयो ।

पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्धाका फरार राजविराज नपा–९ का शुबंस साह र उहाँकी श्रीमती लिलावती साह छन् । कुटपिट मुद्धामा राजविराज–१ का ४५ वर्षीय शंकरकुमार यादव र उहाँका भाइ ३५ वर्षीय लक्ष्मण यादव पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउपर्नेमा कुटपिट मुद्धामा फरार राजविराज–१ का ९८ वर्षीय उतिमलाल यादव समेत छन् । ज्यान मार्ने उद्योग र कुटपिट मुद्धामा राजविराज–९ का ७६ वर्षीय झौली नुनिया पक्राउ परेका छन् ।

यसैगरी कुटपिट मुद्धामा राजविराज–१ का शत्रुधन यादव, सोही वडाका ३० वर्षीय लक्ष्मी यादव, राजविराज–९ का ४४ वर्षीय गुलाबलाल दास, सोही वडाका ४५ वर्षीय जुक्ति यादव र ६६ वर्षीय सुबी यादव रहेको प्रहरीले जनाएको छ । लुटपिट मुद्धामा राजविराज–१ का ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्धामा राजविराज–१ का ४८ वर्षीय बडेलाल यादव र जालसाजी मुद्धामा राजविराज–६ का ५६ वर्षीय झबर यादव पक्राउ परेको प्रनाउ भारतीले बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्