ठगी मुद्धाका अभियुक्त पक्राउ – Janadesh Daily | ePaper

ठगी मुद्धाका अभियुक्त पक्राउ


गलकोट ।
जिल्ला प्रहरी कार्यालय बागलुङले आज ठगी मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले विसं २०७१ असार ५ गते फैसला भई कार्यान्वयन हुन बाँकी ठगी मुद्धाका गलकोट नगरपालिका–३ हटियाका ओमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

खड्काबाट ठगी मुद्धामा दुई वर्ष तीन महिना १९ दिन कैद र रु ५५ लाख ५२ हजार १२ रकम असुली गर्न बाँकी रहेको थियो । सूचना अधिकारी रेग्मीका अनुसार जिल्ला अदालतमा आज पेश गरी कैद भुक्तानका लागि जिल्ला कारागार पठाइ सकिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्