एजेन्सी ।
बलिउड ड्रग्स प्रकरणमा मुछिएकी अभिनेत्री रकुलप्रित सिंह बयान दिन शुक्रबार एनसीबीको कार्यालय पुगेकी छन् ।
रकुलका साथै एनसीबीमा दीपिका पदुकोणकी म्यानेजर करिश्मा प्रकाश र धर्मा प्रोडक्सनका निर्देशक क्षितिज प्रसाद पनि पुगेक भारतीय मिडियाले जनाएका छन् । उनीहरुमध्ये एनसीबीले सर्वप्रथम रकुलसँग सोधपुछ गर्नेछ । दीपिकाकी म्यानेजर करिश्मासँग दिँउसो सोधपुछ गरिनेछ ।
एनसीबीको पत्र नपाएको बताउँदै बिहीबार उपस्थित नभएकी रकुल शुक्रबार भने बयानका लागि पुगेकी छिन् ।