ड्रग्स प्रकरणमा मुछिएकी अभिनेत्री दीपिका पादुकोणसँग एनसीबीले आज सोधपुछ गर्दै – Janadesh Daily | ePaper

ड्रग्स प्रकरणमा मुछिएकी अभिनेत्री दीपिका पादुकोणसँग एनसीबीले आज सोधपुछ गर्दै


एजेन्सी ।

बलिउड ड्रग्स प्रकरणमा मुछिएकी अभिनेत्री दीपिका पादुकोणसँग एनसीबीले आज सोधपुछ गर्ने भएको छ । शुक्रबार अर्की अभिनेत्री कुल प्रीत सिंहसँग सोधपुछ गरिएको थियो । ड्रग्स प्रकरणमा दीपिका लगाएत बलिउडका २५ कलाकारको नाम जोडिएको छ । जसमध्ये धेरै जसोको नाम बाहिर आएको छैन । यस्तै, नाम बाहिरिएका मध्ये रकुल प्रीत सिंहलगाएतका केही कलाकारले आफ्नो बयान दिइसकेका छन् ।

सोधपुछका लागि दीपिका बिहीवार राति गोवाबाट मुम्बई आइपुगेको भारतीय सञ्चारमाध्यमल जनाएका छन् । उनका साथमा पति तथा अभिनेता रणवीर सिंह समेत मुम्बई आएका छन् ।

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बाहिरिएको ड्रग्स प्रकरणमा सुशान्तकी प्रेमीका रिया चक्रवर्ती समेत मुछिएकी छन् । रियाबाटै ड्रग्सको विषयमा थप रहस्य बाहिर आएको हो । रिया चक्रवर्ती हाल न्यायीक हिरासतमा छिन् ।

शुक्रबार सोधपुछका लागि एनसीबी कार्यालय पुुगेकी रकुलले रियासँगको ड्रग्स च्याट स्विकार गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्