अपराध नियन्त्रणमा अन्तर जिल्ला सहकार्य गर्ने सहमति – Janadesh Daily | ePaper

अपराध नियन्त्रणमा अन्तर जिल्ला सहकार्य गर्ने सहमति


दमौली ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न अन्तरजिल्ला सहकार्य गर्ने सहमति भएको छ ।

तनहुँ, लमजुङ र गोरखाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको आज तनहुँमा भएको बैठकले सुरक्षा चुनौतीका विषयमा छलफल गर्दै अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति गरेको हो ।

बैठकले अन्तर जिल्ला अपराध रोकथाम, राजमार्ग सुरक्षा, कोरोना सङ्कट नियन्त्रण र व्यवस्थापन, विपद् व्यवस्थापनलगायत विषयमा सहकार्य गर्ने निर्णय गरेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

“शान्ति सुरक्षाका चुनौतीका विषयमा छलफल गरी त्यस्ता विषयहरुमा सहकार्य गर्दै अगाडी बढ्ने निर्णय भएको छ,” प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो ।

सीमाका जिल्लाका नदीहरुबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुने गरेको गुनासो आउने गरेकाले त्यसलाई व्यवस्थित गर्न तीन वटै जिल्लाका सुरक्षा निकायबीच सहकार्य गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

बैठकमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्