डा. बाबुराम भट्टराईबारे एक संक्षिप्त प्रसंग – Janadesh Daily | ePaper

डा. बाबुराम भट्टराईबारे एक संक्षिप्त प्रसंग


-गणेश अधिकारी ।
डाक्टर बाबुराम भट्टराई एक दुर्गम गाउँको बिद्यालयबाट SLC मा बोर्डफस्ट भएको student र बाँकी I.Sc., B.Sc., M.Sc. र Ph.D. मा पनि युनिभर्सिटी top भएको व्यक्ती हुन। त्यससँगै उनका ३ वटा Ph.D. (Architect Engineer, सहरी विकास र Economic and Political science) मध्ये शहरी बिकास बिषयको PhD गर्दा देशको ७५ जिल्लाका गाउँ गाउँमा घुमेर् अध्ययन गरी निकालेको out come thesis (जुन अहिले पनि विश्व बिद्यालयहरुमा पढाई हुन्छ) ।
त्यो थेसिसमा ऊनी लेख्छन,- नेपाल देश गरिब हुनुको कारण 1950 को सुगौली सन्धिमा, नेपाल र भारतबीच भएको असमान सन्धि सम्झौता र नेपालीहरु गरिब हुनुको कारण नेपालको केन्द्रिकृत सामन्ती राजसंस्था जसले जातभात, छुवाछुत, बोक्सी, भुतप्रेत र थिचोमिचो, जस्ता सामाजिक बिकृती र कुरीतिहरुलाई बढवा वा कायम राख्दै नेपालीहरुलाई शिक्षाको पहुँचबाट टाढा राखेर सत्ताको रसोस्वादन गरेको जहाँनीय सामन्ती राजसंस्था हो भन्ने निष्कर्ष निकालेका छन।
त्यसलाई बदल्नाको लागि ऊनी राजनीतिक यात्रामा होमिएर आफ्नै पहलमा विद्यार्थी संगठन निर्माण गर्दै पार्टी निर्माण गर्दै पछि जनयुद्ध जस्तो कठोर आन्दोलनहरु गर्दै , नेपालमा संघीयता, धर्मनिरपेक्ष सहितको लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान घोषणा गराउन योगदान दिने र त्यसमा शक्रीय भुमिका खेलेका व्यक्ती हुन।
संबिधान घोषणा भैसकेपछी अब देशमा आर्थिक क्रान्ति मार्फत संबिधानमा स्थापित शिक्षा, स्वास्थ्य, रोजगार जस्ता कुराहरुलाई सुनिस्चित गर्दै देशलाई समृद्ध गर्नलाई नयाँ बिचार, नारा (अबको निकास आर्थिक विकास ) नयाँ एजेन्डा (आर्थिक समृद्धि) लिएर दिनरात खटिएका व्यक्तित्व हुन।
तर धेरैजसो यथास्थितिवादी पुरातनवादीहरुले र कतिपय क्रान्तिकारी जत्थाले नै ऊनलाई सशंकित ढंगले हेर्दा हाम्रै आत्माले हामीलाई माफी देला र ? अहिलेसम्मको यात्रामा हामीले स्विकारे पनि नस्विकारे पनि बाबुराम सफल भैसके। अब आर्थिक समृद्धिको यात्रामा पनि बाबुराम सबैभन्दा उपयुक्त पात्र हुन।
त्यसो त संसारका ७०-७५ देशको अनुभव संगालेका र United Nation को उच्च पदमा रहेर विभिन्न अनुभब संगालेका कृषि वैज्ञानिक मदन राई भन्नुहुन्छ, – `नेपाल र नेपालीहरुको भाग्यले बाबुराम नेपालमा जन्म भएको हो, हामी भाग्यमानी छौं। उहाँ अगाडी भन्नुहुन्छ, सक्षम नेतामा हुनुपर्ने सबै Qualification बाबुरामसँग छन्। PhD in architect engineer, PhD in regional development and PhD in economic and political science. त्यो पनि University top मा कुनै विद्यार्थी उतीर्ण हुनु र सर्वोत्कृष्ट हुनुको फरक पनि बुझ्नुपर्दछ।
मलाई लाग्दैन कि नेपालमा वा एसियामा नै अन्य पात्र र व्यक्ति बाबुराम बराबर होलान? बाबुरामको बौद्धिकता वा Qualification लाई नजर अन्दाज गर्ने हो भने पनि नेपालको सन्दर्भमा ऊनी आर्थिक समृद्धिको यात्रामा उत्तम पात्र नै हुन। किनकि उनले गरेर पनि देखाइसके। तीमध्ये केहीलाई उदाहरणको रुपमा लिन सकिन्छ।
Will facilitate border dispute resolution, former PM Dr Baburam Bhattarai says – Nepal24Hours.com – Integration Through Media ….!
१. सफल अर्थमन्त्री – (९ महिनामा पहिलाको भन्दा रु. ४२ अर्ब बडी राजस्व संकलन)
२ . किसानको ऋण मिनाहा – साना किसानको रु. २५ हजार सम्मको सरकारी ऋण मिनाहा र करोडपतिलाई करको दायरामा ल्याउनु (बोर्डिङ स्कुलमा लगायत)
३. सेना समायोजन – नेपालका २ थरीका सेना (नेपाली सेना र जनमुक्ति सेना UN बाट मान्यता प्राप्त) लाई एक गर्नालाई आफु प्रधानमन्त्री बनेकै दिन पहल गरेर शान्तीको पक्षमा रहेको सन्देश दिनु। जबकि आफ्नै पार्टीबाट बिरोध थियो।
४. मुस्ताङ म्याक्स – आफू प्रधानमन्त्री बन्दा मुस्ताङ्ग म्यक्स चढेर (आफूलाई सजिलै प्राप्त हुने अरामदायी र महँगो गाडीको सट्टा) नेपाली उद्योगलाई बढावा दिन नेपालमा बनेको गाडी प्रयोग गर्नु।
५. हेलो सरकार – सिधा कुरा प्रधानमन्त्रीसँग गुण्डा र शक्ति केन्द्रको आडमा गरिब निमुखा सर्बसाधारण जनताको लागि सरकार सम्म उजुरी गर्नाका लागि निशुल्क फोनको व्यबस्था गर्नु।
६. बाटो विस्तार – सार्वजनिक जग्गा मिचेर बनाएका ठुला – ठुला महलहरु समेत कसैको डर, धम्कि, लोभ प्रलोभन, बिरोध अवरोधलाई तोडी बाटो फराकिलो पार्नु।
७. युवा स्वरोजगार कार्यक्रम – नेपाली युवाहरुमा उद्दमशीलता मार्फत स्वावलम्बी र आत्मनिर्भर बनाउका लागि बिना धितो रु. २ लाख सम्मको ऋण उपलब्ध गराउनु।
८. बिपक्षी दलहरुबाट बजेटमा रोक – आफ्नो सरकारलाई बजेट ल्याउन समेत नदिँदा पनि चालु ठुला परियोजनालाई गौरबका परियोजनाको रुपमा राखेर बजेटको कमि हुन नदीकन काम अगाडी बढाउनु।
९. मा प से चेकजाँच program – मार्फत Dirnk र Drive बाट हुने rode accident को कमी गराउनु ।
९. बजार अनुगमन – मार्फत सडेगलेका खाद्य पादर्थ बेच्ने र ग्राहकको स्वास्थ्यसँग खेलाची गर्नेलाई कारबाही सञ्चालन गर्नु।
१०. राजाधानीका नदि किनाराहरुमा अस्वस्थकर र असुरक्षित जीवन जिउन बाध्य सुकुम्बासीहरुलाई राज्यले पहिलो पटक घरटहरा निर्माण गरि व्यबस्थित तथा इस्थानान्तरण गराउनु।
११. बागमती सफाइ अभियान – आफ्नै पालामा, आफैँ उपस्थित भएर अभियान सञ्चालन सुरु गर्नु।
१२. लगानी बोर्ड – मार्फत देशमा ठुला पुर्बाधार निर्माणको बाताबरण बनाउनु।
१३. बिप्पा सम्झौता – बर्सेनी तयार हुने ३-४ लाख युवा युवतीहरुलाई रोजगारी दिनका लागि नेपालमा लगानी कर्ताहरुलाई आकर्षण गर्नको लागि बिप्पा सम्झौता गर्नु।
Dr-Baburam-Bhattarai-laldhwoj-Left-Review-Online - Left Review Online
यी र यस्तै तमाम कामहरुबाट यो भन्न सकिन्छ कि बाबुराम अबको आर्थिक क्रान्तिको पनि नेतृत्व गर्न सक्ने क्षमता र योग्यता भएको सक्षम नेता/व्यक्ति हुन। यति हुँदाहुदै पनि उनलाई शंकाको नजरले हेर्नुको कारण बाबुरामले भन्छन,- नेपालमा बिगत २५० बर्षसम्म राज्यमा खस आर्यको बर्चस्व रही आएको थियो र अहिले पनि यो कायम छ।
त्यसैले नेपालका आदिबासी जनजाती, मदेसी थारु र खस आर्यको र अन्य सिमान्तकृत जाति समुदायको राज्यमा र पार्टीमा समानुपातिक प्रतिनिधित्व हुनुपर्दछ। यदि यसो हो भने यो पनि भन्न सकिन्छ कि, सत्यको जीत निस्चित छ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्