विवादमा परेपछि यो वर्षको पद्मश्री पुरस्कार र सम्मान रद्द – Janadesh Daily | ePaper

विवादमा परेपछि यो वर्षको पद्मश्री पुरस्कार र सम्मान रद्द


जनादेश, काठमाडौं ।

विवादमा परेपछि यो वर्षको गर्ने पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले पुरस्कार र सम्मान रद्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

मंगलबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले यस वर्ष अर्पण गरिने पुरस्कार र सम्मान रद्द गर्ने निर्णय गरेको हो ।

‘विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ प्रतिष्ठानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पद्मश्री पुरस्कारका लागि सञ्जीव उप्रेतीको ‘हंस’ छनौट भएको थियो भने पद्मश्री साधना सम्मानका लागि मोदनाथ प्रश्रित छनौट भएका थिए ।

उप्रेतीले प्रश्रितसँगै बसेर पुरस्कार ग्रहण नगर्ने घोषणा गरेपछि प्रश्रितले पनि सो पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका थिए । विवाद बढेपछि पद्मश्री पुरस्कार कार्यक्रम नै रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्