लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने – Janadesh Daily | ePaper

लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने


हुम्ला ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नाम्खा–६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने भएको छ । लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो ।

हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चा र परिचर्चा भइरहेका बेला समुद्री सतहभन्दा चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको टाक्चीमा सशस्त्रको पोष्ट स्थापना गर्न लागिएको हो । हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बिओपी स्थापना भइसकेको छ ।

हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ । हिल्सामा कम्पाउण्डसहितको नौकोठे पक्की भवनमा सशस्त्र प्रहरी बसेको छ । समुद्री सहतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको उक्त पोष्टमा हिउँदमा पनि सशस्त्र प्रहरी त्यहीँ बस्ने बताइएको छ ।

यो नाकाबाट विशेषगरी जडीबुटी तथा वन्यजन्तुका अङ्गहरूको अवैधरूपमा ओसारपसार हुन नदिनका लागि स्थापना हुने लागेको सशस्त्र प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्