चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९४ करोड – Janadesh Daily | ePaper

चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९४ करोड


एजेन्सी ।

Top Internet Service Providers in Nepal - Mero Kalam

बेइजिङ-जुन महिनामा चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९४ करोड पुगेको छ । यो गत वर्षको तुलनामा ४ करोडले वृद्धि भएपछिको भएको चाइना इन्टरनेट नेटवर्क इनफरमेशन सेन्टर (सीएनएनआईसी) को वार्षिक प्रतिवेदनले जनाएको छ ।

जुनमा चीनमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या ९३ करोड २० लाख पुगेको रिपोर्टमा उल्लेख छ । मार्च महिनाको तुलनामा यो ३ करोड ५४ लाख ६० हजारले वृद्धि भएको हो । जुनमा ग्रामिण क्षेत्रमा इन्टरनेट प्रयोगकर्ताको संख्या २८ करोड ५० लाख थियो । यो कुलको ३०.४ प्रतिशत हो ।

बढ्दो संख्याले नयाँ पूर्वाधारको सफलता प्रस्ट्याएको छ । जसलाई यो वर्षको पहिलो भागमा डिजिटल, स्मार्ट र आविष्कारको नामले चिनिदै आएको छ ।
कोभिड–१९ पछिको युगमा देशको राहात प्याकेजको अंशको रुपमा चीनले देशैभरी नयाँ डिजिटल पूर्वाधारको निर्माण गर्ने योजनालाई बढाइरहेको छ । यसमा ५–जी नेटवर्कको निर्माण, कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), अन्तरसहर उच्च गतीको रेल, र अनुसन्धान र विकास संस्था स्थापनाका विषयहरु समावेश छन् ।

सार्वजनिक प्रयोगका लागि डिजिटल पूर्वाधारमा चीनले झन्डै १४ खर्ब डलर खर्च गर्ने जनाएको छ ।
जुनको अन्त्यसम्ममा ५–जी टर्मिनल कनेक्सन ६ करोड ६० लाख नाघ्ने रिपोर्टमा उल्लेख छ र चीनका ३ प्रमुख दुर संचार कमपनीहरुले ४ लाख भन्दा बढी ५–जी आधार स्टेशन जडान गरिसकेका छन् । निर्माणको यो गती र आकार अपेक्षा भन्दा बढी हो ।

चीन २०१३ देखि विश्वकै ठूलो अनलाईन खुद्रा बजार हो । रिपोर्टका अनुसार जुनमा चीनमा अनलाईन क्रेताको संख्या ७४ करोड ९० लाख पुगेको छ । यो कुल इन्टरनेट प्रयोगकर्ताको ७९.७ प्रतिशत हो ।

कोभिड–१९ महामारीले ल्याएको चुनौती सिर्जित अवस्थामा अनलाईन खुद्रा बजारले उपभोक्ता खर्च वृद्धिमा बलियो सहयोग गरेको छ र वितरित अर्थतन्त्र मोडललाई सक्रिय बनाएको छ ।

२०२० को पहिलो अर्ध वार्षिक अवधिमा चीनको अनलाइन खुद्रा बिक्री ५१ खर्ब ५० अर्ब युआन पुगेको छ । यो वार्षिक मापनका आधारमा ७.३ प्रतिशतले बढी भएको रिपोर्टले देखाएको छ ।

चीनमा सर्ट भिडियो प्रयोगकर्ताको संख्या ८१ करोड ८० लाख पुगेको छ । यो इन्टरनेट प्रयोगकर्ताको ८७ प्रतिशत हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्