चिनियाँ राष्ट्रपतिको व्यवहारले भन्छ परिवारभन्दा देश ठूलो (फिचर) – Janadesh Daily | ePaper

चिनियाँ राष्ट्रपतिको व्यवहारले भन्छ परिवारभन्दा देश ठूलो (फिचर)


जनादेश विशेष ।

अक्टोबर १ तारिख अर्थात् विहीबार जन गणतन्त्र चीन स्थापनाको ७१ औँ वार्षिकोत्सव मनाइएको छ यो वर्ष संयोगबस अक्टोबर १ तारिखकै दिन चिनियाँ जनताको परम्परागत चाड पर्व चोङ छ्यौ चे अर्थात् मिड अटम फेष्टिबल पनि मनाइएको छ ।

चिनियाँ पात्रो अनुसार आठौं महिनाको १५ तारिखमा पर्व परेकाले चन्द्र दिवसपनि राष्ट्रिय दिवससँग खप्टिएको हो । मिड अटम फेष्टिभलमा हजारौं चिनियाँ परिवारका सदस्यहरू भेला भई सँगै मिलेर चन्द्रमाको अवलोकन गर्ने, मुनकेक खाने, राम्रो फसल भित्र्याउने र एक आपसमा सौभाग्यको शुभकामना दिने गर्दछन्।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, देशका राष्ट्रपति तथा सर्वोच्च नेता सी चिनफिङले पनि फुर्सदको समय र चाडवाडको बेला आफन्तहरूसँग समय विताउने गर्छन् ।

सामान्य चिनियाँ परिवार जस्तै सी चिनफिङले चाड पर्व लगायतका महत्वपूर्ण उपलक्ष्यमा आफ्ना आफन्तहरूसित भेला भई तस्विरमा ती सुखमय क्षणहरू कैद गर्ने गरेका छन् ।

बाल्यकालदेखि सी चिनफिङकी आमा श्रीमती छी सिनले उनलाई प्रेरणात्मक ऐतिहासिक कथा सुनाएको चिनियाँ सञ्चार माध्यमहरुमा उल्लेख छ । देश र जनताका लागि अथक प्रयासमार्फत् समर्पित हुनु नै आफ्नो जीवनभरि साकार तुल्याउन खोजेको दृढ लक्ष्य रहेको सी बताउँछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी र देशका नेता बनेपछि शृंखलावद्ध महत्वपूर्ण राजकीय गतिविधिहरूमध्ये सी चिनफिङले सधैं आफ्नी श्रीमती फङ ली युआनसँगै मिलेर अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा चिनियाँ जनताले आफ्नो परिवारको निकै माया गर्ने परम्परागत भावनाको राम्ररी व्याख्या गर्ने गरेका छन् ।

मान्छेका लागि आफ्नो परिवार सबभन्दा सानो मुलुक हो भने ठूलो देश हजारौं परिवारबाट गठित घर हो। परिवारको माया गर्ने, परिवारमा राम्रो इज्जत कायम राख्ने र परिवारको राम्रो परम्परालाई उत्तराधिकार गर्ने विचारलाई सी चिनफिङले देशको प्रशासन गर्ने आफ्नो विचारधारा र वास्तविक गतिविधिमा गहन रुपमा उतार्दै आएका छन् ।

यसैबीच चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डे बुधबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आयोजना गरेको राष्ट्रिय दिवसको रात्रीभोजमा सरिक भएका छन् । चिनियाँ प्रधानमन्त्री लीले बेइजिङस्थित कूटनीतिज्ञहरूका लागि रात्रीभोजको आयोजना गरेका थिए ।
ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री लीले आयोजना गरेको रात्रीभोजमा राष्ट्रपति सी चिनफिङ समेत सहभागी थिए ।

सहभागीहरूलाई संवोधन गर्दै प्रधानमन्त्री लीले चिनियाँ इतिहासमा यो वर्ष निकै चुनौतीपूर्ण र अप्रत्यासित रहेको बताए ।

कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमा गम्भीर आघात पर्नु, महामारी नियन्त्रणका लागि विश्वका देशबीच सहकार्य हुनु, हाल चीनले कोरोना महामारीलाई परास्त गर्दै जानु तथा यसै वर्ष चीनले गरिबी निवारण गर्नुपर्ने चुनौती पूरा गर्नु लगायतका महत्वपूर्ण कार्यभार रहेको उनको भनाई थियो ।

चाइना इन्टरनेशनल मिडिया ग्रुपको सहयोगमा

यो पनि हेर्नुस्- 

चीनले कसरी जित्यो कोरोनाः चिनियाँ राष्ट्रपतिको जवाफ (भिडियोसहित)

विपन्नतालाई पराजित गर्दै अघि बढेको एउटा चिनियाँ पहाडी गाउँ (फिचर)

चीनका पहाडमा यसरी हुँदै रेल र रोडको विकास (फोटो फिचर) 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्