छोड्नुस् यी ५ खराब बानी, तपाइँको कलेज खत्तम हुनसक्छ – Janadesh Daily | ePaper

छोड्नुस् यी ५ खराब बानी, तपाइँको कलेज खत्तम हुनसक्छ


पछिल्लो समयमा कलेजोको समस्या बढिरहेको छ । खासमा हाम्रा बानीले नै हाम्रो स्वास्थ्यमा असर परिरहेको छ । हाम्रा कतिपय बानी नै हाम्रो स्वास्थ्यलाई समस्यामा पर्ने कारक बनिरहेका हुन्छन् ।
यहाँ तपाइँको कलेजोमा गम्भिर समस्या ल्याउन सक्ने ५ खराव बानीको चर्चा गरिएको छ ।

१ मदिराको लत

यदि तपाइँ नियमितरुपमा मदिरा सेवन गर्नु हुन्छ भने तपाइँको कलेजोमा गम्भिर समस्या हुन सक्छ । कलेजोले हाम्रो शरीरमा भएका विकारहरुलाई बाहिर निकाल्ने काम गर्छ । मदिरा सेवनले कलेजोमा यस्ता विकार हटाउने क्षमता कमजोर हुन्छ । लगातार मदिरा सेवन गर्ने ब्यक्तिको कलेजोले विस्तारै काम नै गर्न नसक्ने अवस्थामा पुग्छ । जुन लामो समयमा क्यान्सरको कारण समेत बन्न सक्छ । तसर्थ नियमित मदिरा सेवन नगर्नुस् ।

२ औषधीको बढी प्रयोग

खाद्य सामग्री होस वा औषधी कलेजोकै सहायताले नै पचाउन मद्धत गर्छ । यदी यी दुइ मध्ये कुनै पनि कुराको मात्रा बढी भो भने कलेजोमा असर पर्छ । खासगरी औषधीको अत्याधिक सेवनले कलेजो काम गर्न नसक्ने अवस्थामा पुग्न सक्छ । सके सम्म औषधी कम मात्रामा सेवन गर्नु पर्छ ।

३ धुम्रपान

सिगरेट पिउने बानी छ वा कुनै पनि धुवाँ आउने कुरा सेवन गर्नु हुन्छ भने तपाइँको कलेजोमा असर परिरहेको हुन्छ । यसले लामो समयमा दुष्परिणाम समेत निकाल्न सक्छ । सिगरेटमा हुने टक्सिक केमिकल कलेजोमा जान्छ त्यसले अक्सीडेटिव स्ट्रेस पैदा गर्छ । यसले लामो समय सम्म धुम्रपान गर्नेको कलेजो काम नगर्ने हुन पुग्छ ।

४ कम सुताइ

यदी तपाइँ निद्रा नपुग्ने गरी वा आराम नपुग्ने गरी सुत्नु हुन्छ भने तपाइँको कलेजो खतरामा हुन सक्छ । पेन्सिलभानिया विश्वविद्यालयमा गरिएको एक अध्यनले कम सुत्ने मानिसको कलेजोमा पनि चुरोट पिउने मान्छेमा जस्तै अक्सीडेटिव स्ट्रेस पैदा हुन्छ । यसले कलेजो मात्र विगार्ने नभएर अन्य समस्या समेत निकाल्न सक्छ ।

५ अनियमित खाना

मोटोपनको सिधा सम्बन्ध अनियमित खानासँग जोडिएको हुन्छ । भोजनमा भएका फ्याट कलेजोमा जम्मा हुँदा मानिसमा मोटोपनको समस्या र अस्वस्थता दुवै पैदा हुन्छ । दीर्घकालमा यसले पनि कलेजो विगार्छ ।

यी ५ खराव बानी छन् भने आजै देखि छोड्नुस् र आफ्नो कलेजो बचाउँनुस् ।

यो पनि हेर्नुस्- 

सुत्ने समयमा यी सात काम गर्ने बानी छ भने आजै छोड्नुस्

दीपाश्रीले स्वीकारीन आफ्नो गल्ती 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्