यस्ता छन् धनियाँ खानुका फाइदा – Janadesh Daily | ePaper

यस्ता छन् धनियाँ खानुका फाइदा


सबै प्रकारका मसला राखको खानाको स्वाद नै अर्कै हुनछ । त्यसमा पनि हरियो धनियाँ, जसले खानाको स्वाद र बासना बढाउने काम गर्छ । धनियाँलाई मसलाको रुपमा मात्र नभएर अचारका रुपमा पनि प्रयोग गर्न सकिन्छ । जुन निकै स्वादिष्ट हुने गर्दछ । धनियाँ स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।

धनियाँका फाइदाहरु

  • हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
  • पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ । धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।
  • तपाईलाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् । धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ ।
  • पेटमा जुका, चुर्ना जस्ता केही संक्रमण छन् भने सख्खरमा धनियाँको पाउडर मिसाएर सेवन गर्नुहोस्
  • तपाईको नाकबाट रगत बग्ने समस्या छ भने धनियाँको रस नाकमा राख्नुहोस् तपाईलाई चाँडै आराम मिल्छ ।
  • धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १ र १ चम्चा बिहान र बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।
  • सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एक र एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस् ।
  • धनियाँमात्रै होइन धनियाँको पानी पिउनुहोस्
  • धनियाँले जिब्रोलाई स्वाद दिने मात्र नभई विभिन्न रोगबाट पनि बचाउने काम गर्छ । त्यसका लागि नियमित धनियाँको दाना भिजाएको पानी पिउने गर्नुपर्छ ।
  • धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ । यसले पेटको समस्याबाट पनि बचाउने काम गर्छ ।
  • नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउने काम गर्छ ।
  • धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ ।
  • धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्