कबिताः ‘छोरी को हुन’ – Janadesh Daily | ePaper

कबिताः ‘छोरी को हुन’


✍️ सम्झना बि.क. ।

छोरी जब भ्रुणमा आउछिन
दाउपेज हुन्छ नस्ट गर्न
उनी धर्तीमा आउने
सन्सारमा चियाउने
अधिकार बाट बन्चित हुन्छिन
छोरी कुन युगको
अपराधि हुन भन
न्यायकर्मिहरु
मानवकर्मिहरु
कुन समयमा
कस्को के बिगि्रएको थिइन
दिन दिनै यातना
हत्या हिम्सा बलात्कार
सहदै छिन किन
जवाफ देउ सत्ताका
पहरेदारहरु
अपराधीलाई खै सजाए
दोसिलाई खोइ डन्ड
बलात्कारकारिलाइ खै कानुन
छोरी के साच्चै खेलौना हुन
हो भने राख
चोक चोकमा
खेलौना घरहरु
मेट तिम्रो अपराधीक
यौन प्यास र रहरहरु
गल्ली गल्लीमा
बिक्री केन्द्र पनि राख
अनि छोरी बेचेर मस्ती गर
रहर पुगे मारेरफालिदेउ छोरिलाइ
तिम्रो मनपर्दी गर
के के जानेकाछौ सबै गर
तर ए अपराधीहरु
हेक्का राख
तिम्रो घरमा छोरी जन्माउन छोड
नत्र तिम्रो अपराधको बदला
लिन डन्ड सजाए माग्न
न्यायलय धाउने छैनिन
तिमिलाइ सजाए दिन
कसैलाइ लाउने छैनिन
त्यो दिन था हुनेछ
छोरी को हुन
छोरी घर घरबाट जाग्नेछिन
छोरी टोल टोल बाट उठनेछिन
हरेक अपराधीको विरुद्ध
कम्मर कसेर लाग्नेछिन
कानुनको ढ्डडामा लेखेका
मिठा भाकाहरु
सडकमा लियर च्यातनेछिन
कमजोर नठान छोरिलाइ
हरेक चिजको सिमा हुन्छ
जब समयले सिमा नाग्यो भने
छोरी को हुन देखाउने छिन
अपराधीहरुको लिङ्ग भेद गर्दै
फासिमा लटकाउनेदिन ।

# १६ असोज २०७७

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्