गुणकारी फल अमला – Janadesh Daily | ePaper

गुणकारी फल अमला


जनादेश, काठमाडौँ ।

अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । यो भिटामिनको एक राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ ।

अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरूमा यौवन शक्ति प्रदान गर्नुका साथै वृद्धहरूमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा तथा अचारको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।

अमलाका फाइदा

  • अमलाको सेवनले ग्यास्ट्रिकलाई समेत केही हदसम्म नियन्त्रण गर्दछ ।
  • अमलामा पाइने एन्टी अक्शिाडेन्टले क्यान्सरबाट बचाउन मद्दत गर्दछ ।
  • नियमित अमलाको सेवनले कब्जियतको समस्याबाट बचाउँछ ।
  • हरेक दिन अमलाको सेवनले पेट सधै सफा रहि रहन्छ ।
  • अमलाको सेनवले कपाल कालो बनाउन मद्दत गर्दछ ।
  • नियमित अमला खादाँ पथ्थरी हुनबाट बचाउँछ ।
  • अमलाको दैनिक सेवनले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्दछ ।
  • नियमित अमलाको सेवनले कपाल फुल्ने रोगबाट बचाउँछ ।
  • अमलाको सेवनले आँखाको ज्योती बढाँउछ ।
  • हरेक दिन एउटा अमला खानाले फोक्सो सम्बन्धित कुनै रोग लाग्दैन ।
  • अमलाको नियमित सेवनले रगत सफा राख्न मद्दत गर्दछ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्