स्वस्थ पुरुषका लागि अनिवार्य मानिन्छन् यी ८ खाना – Janadesh Daily | ePaper

स्वस्थ पुरुषका लागि अनिवार्य मानिन्छन् यी ८ खाना


सामान्यतया पुरुषहरु खानाप्रति सचेत हुँदैनन् । महिलाहरुलाई जहिले पनि स्वास्थ्य र खानाको ख्याल रहेपनि अधिकाँश पुरुष वेपर्वाह हुन्छन् । विशेषज्ञहरु पनि पुरुष र महिलाको खाना फरक फरक हुनु पर्ने बताउँछन् ।

यहाँ पुरुषले स्वास्थ्यका लागि खानै पर्ने ८ खानाको चर्चा गरिएको छ ।

गोलभेडा

गोलभेडालाई सुपर फुड अर्थात महाखाना पनि भनिन्छ । गोलभेडामा लाइकोपेन भन्ने तत्व हुन्छ । यसले क्यान्सरबाट बचाउँछ । त्यसैगरी प्रोष्टेट क्यान्सर हुन बाट पनि जोगाउँछ । गोलभेडाको नियमित सेवनले कोलस्टोरल घटाउँछ भने सामान्य रोगसँग लड्ने क्षमतामा पनि वृद्धी गर्छ ।

 

गहुँ र जौ

गहुँ र जौ जस्ता खाद्यान्नमा भिटामिन र खनिजको मात्रा उच्च हुन्छ । साथै फाइवर पनि हुने हुँदा पाचन प्रणालीमा सहयोग गर्छ । निराशा र दिक्कपन हटाउन पनि यी खाद्दान्न उपयोगी मानिन्छ । त्यसैगरी यी खानाले विर्य स्वस्थ राख्न र कपाल झर्नबाट पनि बचाउने विज्ञहरु बताउँछन् ।

लसुन

लसुन मुटुको लागि राम्रो मानिन्छ । लसुनको नियमित सेवन गर्ने मान्छेको कोलस्टोरल कम हुन्छ र मुटु स्वस्थ हुन्छ ।

साल्मोन माछा

साल्मोन माछा प्रोटिनको भरपर्दो श्रोत हो । यसमा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ जसले नकारात्मक कोलस्टोरलबाट बचाउँछ । यसले मुटुको रोग, कोलेक्ट्रोल क्यान्सर र प्रोस्टेट क्यान्सर तथा निराशाबाट समेत बचाउँछ ।

जामुन

जामुनले प्रोष्टेट क्यान्सरबाट बचाउँछ । यसले मुटुको रोगबाट पनि बच्न मद्दत गर्छ । त्यसैगरी मधु मेह र उमेरसँगै हुने विस्मरणलाई पनि यसले कम गर्ने विज्ञहरु बताउँछन् ।

ब्रोकाउली

ब्रोकाउली बन्दा र काउलीमा सल्फोराफेन नामक कडा रसायन पाहिन्छ जुन क्यान्सरसँग लड्नका लागि महत्वपूर्ण मानिएको छ । यसले पुरुषहरुमा हुने ब्लाडर क्यान्सरबाट पनि जोगाउने विज्ञहरु बताउँछन् । काउली बन्दाको नियमित सेवनले कोलेस्टरल क्यान्सर र प्रोष्टेट क्यान्सरबाट पनि बच्न सकिन्छ ।

अण्डा
कपाल झरेर हैरान हुनुहुन्छ ? यदि हो भने खानामा अण्डा नछुटाउनुस् । अण्डामा प्रोटिनको उच्च मात्रा हुन्छ भने कपाल बढाउन सहयोग गर्छ । त्यसैगरी अण्डामा पाहिने पहेलो भाग आइरनको राम्रो श्रोत हो ।

अनारको जुस

अनारको जुस निक्कै उच्च पोषक तत्व भएको खाना हो । यसले कोलस्टोरल नियन्त्रण गर्छ भने तनाव घटाउन पनि सहयोग गर्छ । यसमा भिटामिनको मात्रा उच्च हुन्छ । नियमित अनारको जुश सेवन गर्दा प्रोष्टेट क्यान्सरबाट बच्न सकिने विज्ञहरु बताउँछन् ।

यो पनि हेर्नुस्- 

छोड्नुस् यी ५ खराब बानी, तपाइँको कलेज खत्तम हुनसक्छ 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्